प्रधानमन्त्री देउवालाई हामी विश्वासको मत दिन्छौँ : ठाकुर
नेपालखोज
२०७८ साउन ३ गते १९:५८

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
आइतबार संसद् भवनमा प्रधानमन्त्री देउवाले देउवाले विश्वासको मत मागे पछि बोल्ने क्रममा अध्यक्ष ठाकुरले आफ्नो समूहले देउवालाई विश्वासको मत दिने बताएका हुन् ।
उनले भने, ‘शेरबहादुर देउवालाई हामी विश्वासको मत दिन्छौँ । तर, जब जब प्रधानमन्त्रीको नियुक्तीको सवाल आउँछ, हामी आफूलाई उत्पीडित र घायल रुपमा पाएका छौँ । तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालालाई मत दियौँ, हाम्रो आन्दोलन कमजोर भयो । आज हामी फेरि आफैँलाई घायल पार्दैछौँ ।’
रेशम चौधरी जेलमा रहेको भन्दै उनको रिहाइको पनि अध्यक्ष ठाकुरले माग गरेका छन्। नागरिकताका सन्दर्भमा पनि उनले आफ्नो भनाइ राखे ।
सम्बन्धित
प्रतिक्रिया