शुक्रबार, जेठ ३, २०८२

देश दुर्घटनाको नजिकै पुगेका बेला अदालतले बचाइदियो : भट्टराई

नेपालखोज २०७८ साउन ३ गते २०:४०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले देश दुर्घटनाको नजिकै पुगेको बेला अदालतले बचाइ दिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले संविधान अपूर्ण भए पनि संविधान विगतको सबै संविधानभन्दा अग्रगामी भएको बताएका छन् । पुस ५ गतेदेखि जेठ ८ गतेसम्मका घटना अशोभनीय रहेको भन्दै उनले अध्यादेशबाटै शासन चलाउने कुरा लोकतान्त्रिक अभ्यास हुन नसक्ने बताए ।

संविधान सभाबाट बनाएको संविधानको हत्या गर्ने काम भएको टिप्पणी गर्दै बाहिरी शक्तिहरुको चलखेलले सबै उपलब्धि गुमाउने खतरा पैदा भएको बताए । उनले संविधानलाई आधा भरिएको र आधा खालि भनेको स्मरण गर्दै आफूहरूले आधा गिलासलाई बचाएर बाँकी गिलास भर्न चाहेको बताए।

‘फेरि पनि हामीले अग्रपंक्तिमा उभिएर किन लाग्यौं भने हमी यो आधा गिलासलाई बचाएर बाँकी गिलास भर्न चाहन्थ्यौं। तर, यहाँको भष्मासुर प्रवृत्तिले आधा गिलासलाई घोप्ट्यायो। खालि गर्‍यो। त्यसैले हामी कमसेकम आधा गिलास त फिर्ता गरौं भनेर लाग्यौं,’ भट्टराईले थपे।

प्रतिक्रिया