ओलीले नै राष्ट्रपतिलाई संसद विघटन गर्न बाध्य बनाए : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटन गर्न बाध्य बनाएको बताएका छन् ।
साथै उनले मत दिने प्रतिवद्धता व्यक्त गर्ने पार्टी र सांसदलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभामा विपक्षीहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले प्रधानमन्त्री बोल्दा विपक्षी दलका नेताहरु अनिवार्य उपस्थित हुनुपर्ने आफ्नो सिद्धान्त रहेपनि ओली नआएकोमा दुखेसो पोखे ।
मसँधै ओलीजी बोल्दा आउने गरेको थिएँ, तर म प्रधानमन्त्री भएर बोल्दा आउनुभएन, आउनुभएको भए खुशी हुने थिएँ, प्रधानमन्त्री देउवाले भने, सायद स्वास्थ्यमा केही समस्या भएर पो हो कि । साथै उनले सरकार पक्षले कहिल्यै विपक्षलाई आक्रमण गर्नु नहुने समेत बताए ।
राती दुई बजे संसद विघटन गरिदिने ? प्रधानमन्त्री देउवाले भने, उहाँ बाध्य भएर विचरा राष्ट्रपति सुत्न पाउनुभएन । सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता कोरोना खोप भएको बताए ।
त्यस्तै विकास भन्दा पहिला नागरिकको जीवन रक्षा भएको बताउँदै उनले लिम्पियाधुरासहितको नेपालको राजनीतिक नक्शा पारित गरेको जस एमाले एक्लैले लिन नहुने बताए । मधेशको मुद्दामा समेत आफू छलफलका लागि तयार रहेको उनको भनाइ छ ।
प्रतिक्रिया