शुक्रबार, जेठ ३, २०८२

प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने निश्चित, मत विभाजन प्रक्रिया सुरु

नेपालखोज २०७८ साउन ३ गते २१:४७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतका लागि प्रतिनिधि सभा बैठकमा मत विभाजन प्रक्रिया सुरु भएको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत मागेपछि त्यसमाथि छलफल भएकाे छ । छलफलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गरेपछि मत विभाजन प्रक्रिया सुरु भएको हो ।

देउवालाई गठबन्धन र जसपाको महन्थ ठाकुरले पनि मत दिने भएपछि एमालेको माधव नेपाल समूहको समर्थनबिनै बहुमत पुग्ने निश्चित भएको छ । २ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ ।

कांग्रेसको ६१, माओवादीको ४८, जसपा उपेन्द्र यादव पक्षको २० र जसपा महन्थ ठाकुर पक्षको १२, राष्ट्रिय जनमोर्चाको १ तथा स्वतन्त्र १ गरी देउवाको पक्षमा १ सय ४३ मत पुग्छ ।

प्रतिक्रिया