सुनको मूल्य सामान्य बढ्यो, आजको भाउ कति ?
नेपालखोज
२०७८ साउन ४ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार ६ सयमा रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया