पार्टी अनुशासन नमानेको भन्दै नेकपा एमालेले २२ सांसदलाई स्पष्टीकरण सोध्ने

नेपालखोज २०७८ साउन ४ गते १३:४५

काठमाडौं । नेकपा एमालेले २२ सांसदलाई स्पष्टिकरण सोध्ने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन नमानेको भन्दै कारबाही गर्ने प्रस्ताव पेस भएको हाे ।

बैठकमा २२ सांसदलाई आजै कारबाही गर्नुपर्छ भन्दै केन्द्रीय सदस्यहरुले होहल्ला गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्ने प्रावधान पनि रहेको बताएका छन् ।  

प्रतिक्रिया