शुक्रबार, वैशाख १४, २०८१

साउनको पहिलो सोमबार, पशुपतिमा जे देखियो ! (फोटो फिचर)

नेपालखोज २०७८ साउन ४ गते १४:११
No description available.

काठमाडौं । भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमबार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ ।

No description available.

कोरोनाका कारण मन्दिर बन्द गरिएपनि भक्तजनहरुको उल्लेख्य उपस्थिती छ । बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए ।

No description available.

मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् ।

No description available.

मन्दिर परिसरमा पुगेका मानिसहरुले भने कोरोनाको महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ । त्यहाँ उपस्थित भक्तजनहरुले भौतिक दूरी पालन गरेका थिएनन् ।

No description available.

कतिपयले त मास्क समेत नलगाएको देख्न सकिन्छ । सूर्य मिथुन राशि भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन सुरू भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

No description available.
No description available.
No description available.

तस्बिर : नेपालखोज

प्रतिक्रिया