बिहीबार, वैशाख १३, २०८१

सी चिन फिङको भ्रमण : के के विषयमा भयो सहमति

नेपालखोज २०७६ असोज २६ गते १५:१५

२६ असोज, काठमाडौँ । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिन फिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच दुई देश वीच विभिन्न विषयमा सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ ।
चीनका राष्ट्र प्रमुख र नेपालका सरकार प्रमुख वीच नेपाल चीन सम्वन्धका विषयमा छलफल भएको थियो ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीवीच छलफल पश्चात सी र ओलीको उपस्थितिमा विभिन्न विषयका समझादारी पत्रमा सरोकारवाला निकायका प्रमुखहरुले हस्ताक्षर समेत गरेका छन् ।
सोल्टी होटलमा भएको विशेष समारोहमा २० वटा सहमति पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

के के विषयमा सहमति गरी हस्ताक्षर गरियो त ?

१) सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता
२) सुशासन क्षमता बृद्धिका लागि समझदारी
३) अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता
४) सगरमाथा संरक्षणको लागि समन्वय गर्न समझदारी
५) राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी।
६) चीनको छेन्दुमा नेपालको कन्सुलेट जेनेरल राख्नको लागि नोट आदानप्रदान।
७) चीन–नेपाल अन्तरदेशीय रेल परियोजनाको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी।
८) काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति।
९) बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति।
१०) परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी।
११) विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी।

१२) महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिल पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी।
१३) त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता।
१४) नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल
१५) व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी।
१६) नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि स्वीकार प्रमाणपत्र।
१७) लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी।
१८) सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी।
१९) सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान।
२०) काठमाडौं उपत्यकाको पानी वितरण सुधार परियोजनाको बैठकको माइन्युट।

प्रतिक्रिया