मोदी र देउवाबीच फाेनवार्ता, भारतले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने
नेपालखोज
२०७८ साउन ४ गते १५:३३

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफाेनवार्ता भएकाे छ । प्रधानमन्त्री देउवालाई हिजो बधाइ दिएका मोदीले आज फोनमा कुराकानी गरेर आउँदो दिनको सहकार्य र कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्ने कुरा भएको भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत जानकारी गराएका छन् ।
यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन पनि दिए । टेलिफोन कुराकानीका क्रममा मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया