चौबीस घण्टामा थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि, १२५८ जना डिस्चार्ज

नेपालखोज २०७८ साउन ४ गते १६:४८

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौबीस घण्टामा देशभरबाट पीसीआर विधिबाट ७ हजार ८३३ र एन्टिजेन विधिबाटर ३ हजार ८३१ गरि कुल ११ हजार ६६४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा पीसीआर विधिबाट १६४२ र एन्टिजेन विधिबाट ८०३ गरि कुल २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप १ हजार २५८ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ६ लाख ३३ हजार ३३२ जना पुगेको छ । हालसम्म संक्रमित निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको छ ।

प्रतिक्रिया