बुधबार, वैशाख १२, २०८१

डेल्‍टा भेरिएन्टले आक्रान्त इण्डोनेशिया कोरोनाको नयाँ हट स्पट बन्दै

नेपालखोज २०७८ साउन ४ गते २०:२४

जाकर्ता । संसारभर कोरोना भाईरसको महामारिले रोकिने लक्षण देखाई रहेको छैन् । पछिल्लो अपडेट अनुसार भारत र ब्राजिललाई पछाडि छोड्दै अहिले इण्डोनेशिया कोरोना महामारीको नयाँ केन्द्र बनेको छ । इण्डोनेशियामा कोरोनाको प्रकोप यसरी बढिरहेको छ कि त्यहाँ स्थिति काबु बाहिर जान थालेको बताइँदैछ । इण्डोनेशियामा अहिले कोरोनाको डेल्‍टा भेरिएन्टले उत्पात मच्चाई रहेकोछ ।

इण्डोनेशियामा प्रतिदिन सरदर ५७ हजार नयाँ संक्रमित फेला परिरहेका छन् । गत शुक्रवार १ हजार २ सय ५ जनाको मृत्युसँगै त्यहाँ मृतकको संख्या ७१ हजार भन्दा बढि पुगेको छ । कोरोना महामारी सुरु भएयता इण्डोनेशियामा ५ सय ४५ जना डाक्टरको मृत्यु भैसकेको बताइन्छ । इण्डोनेशियाको हस्पिटल एसोसिएशनका महासचिव डा. लियाजी पर्ताकुसुमाका अनुसार इण्डोनेशियामा कोरोना संक्रमित भएर दस प्रतिशत स्वास्थ्यकर्मी आइसोलेट भएका छन् भने अस्पतालहरुमा अक्सिजनको खपत क्षमता भन्दा पाँच गुणा बढि छ ।

इण्डोनेशियाको जनसंख्या २७ करोड भन्दा बढि छ तर त्यहाँ कोरोनाका संक्रमित फेला पर्ने क्रम गएको महिनाको भारतको जस्तो छ । भारतको जनसंख्या इण्डोनेशियाको तुलनामा पाँच गुणा जस्तो बढि छ । यदि संक्रमण यहि गतिमा बढिरहने हो भने स्थिति बेकाबु हुनसक्छ । स्वास्थ अधिकारीहरुले देशको स्वास्थ्य व्यवस्थालाई जोखिमबाट जोगाउन अपिल गर्दै यसमाथि नियन्त्रणका लागि हरसम्भव प्रयासको खाँचो आँल्याएका छन् ।

प्रतिक्रिया