बिहीबार, वैशाख १३, २०८१

मालीमा भएको आक्रमणमा शान्ति सैनिकको मृत्यु, चार गम्भीर घाइते

नेपालखोज २०८० जेठ २७ गते ७:५०

माली । उत्तरी मालीमा शुक्रबार भएको आक्रमणमा परी एक शान्ति सैनिकको मृत्यु हुनुका साथै अन्य चारजना गम्भीर घाइते भएका मालीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (मिनुस्मा) ले जनाएको छ । मिनुस्माले ट्वीटरमा भनेको छ, “बेर शहर नजिकै गस्ती टोलीलाई लक्षित गरी एउटा ‘जटिल आक्रमण’ गरिएको थियो ।

पीडितको राष्ट्रियता भने खुलाइएको छैन । मालीमा सन् २०१२ मा उत्तरमा पृथकतावादी र जिहादी विद्रोह सुरु भएपछि र पछि छिमेकी नाइजर र बुर्किना फासोसम्म फैलिएपछि माली राजनीतिक र सुरक्षा सङ्कटसँग जुधिरहेको छ ।

अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध विद्रोहीहरूले धेरै आक्रमणहरूको जिम्मेवारी लिएका छन्, तर स्वघोषित रक्षा समूहहरू र डाकुहरूले पनि यस क्षेत्रमा हिंसामा योगदान पु¥्याउँछन्। मालीमा करिब १२ हजार शान्ति सेना तैनाथ रहेको अन्तर्राष्ट्रिय शक्ति र राज्य सत्ताको प्रतीकका रूपमा जिहादीहरूको साझा लक्ष्य हो । सन् २०१३ मा यसको स्थापना भएयता यसका १८६ सदस्यको प्रतिकूल परिस्थितिमा मृत्यु भइसकेको छ ।

विद्रोहीहरूलाई परास्त गर्न सरकार असफल भएकोमा आक्रोशले सन् २०२० मा देशको सत्तारुढ सैन्य जुन्टालाई सत्तामा पुर्याइएकाे थियो । तर विशाल देशको ठूलो हिस्सा राज्यको नियन्त्रणभन्दा बाहिर छ र राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षा बलहरूमाथि आक्रमण जारी छ । rss

प्रतिक्रिया