एएफसी अवार्ड रद्द, अब सन् २०२३ को जनवरीमा कतारमा हुने
नेपालखोज
२०७८ साउन ५ गते ७:०५

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले दिने एएफसी अवार्ड रद्द भएको छ । कतारको दोहामा हुने भनिएको अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो ।
कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो । अब सन् २०२२ को अवार्ड सन् २०२३ को जनवरीमा कतारमै हुनेछ । कोरोना महामारीका कारण गएको सिजनको अवार्ड पनि रद्द भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया