सुनको मूल्य बढ्यो, चाँदीको कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७८ साउन ५ गते ११:०५

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज चार सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार सात सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया