माधव नेपाललाई भेटे प्रचण्ड र उपेन्द्रले

नेपालखोज २०७८ साउन ५ गते ११:५५

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भेटेका छन् ।

आज बिहान नेता नेपालको निवास कोटेश्वर पुगेर दुई नेताले छुट्टाछुट्टै भेटेका हुन् ।

प्रचण्ड र नेपालबीच झन्डै दुई घण्टा कुराकानी भएको केही समयमै जसपाका अध्यक्ष यादव पुगेका थिए ।

उनीहरुबीच मन्त्रिपरिषद् विस्तार र अब कसरी अघि वढ्ने भन्नेबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई विस्तार गर्ने तयारी गरिरहेका बेला गठबन्धनका नेताहरुबीच भेटघाट तिब्र बनेको छ ।

प्रतिक्रिया