निर्जीवन र जीवन बिमामा १५ देखि २८ प्रतिशतसम्म वृद्धि

नेपालखोज २०७८ साउन ५ गते १४:०९

काठमाडौं । गत आर्थिक वर्षमा कुुल बिमा शुल्क बढेको छ । बिमा समितिका अनुसार यही साउन एक गते शुुक्रबार सबै जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीहरुमा स्थलगत अनुगमन हुँदा प्राप्त भएको तथ्यांकबाट गत आर्थिक वर्षमा कुुल बिमा शुल्कमा वृद्धि भएको देखिएको हो ।

गत आर्थिक वर्षमा २०७७/०७८ मा जीवन बिमा कम्पनीहरुबाट कुुल एक खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरुबाट कुुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कुुल एक खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको समितिले जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक बर्ष २०७७/०७८ मा जीवन बीमा तर्फको कुुल बीमा शुल्कमा २८ दसमलव ७१ प्रतिसत र निर्जिवन बीमा तर्फको कुुल बीमा शुल्कमा १५ दसमलव ३५ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी गत आर्थिक वर्षमा जिवन बिमातर्फ १५ हजार नौ सय ६४ वटा बिमालेखको जम्मा दुुई अर्ब २५ करोड दुुई लाख रुपैयाँ र निर्जीवन बिमा तर्फ ८६ हजार चार सय ४० वटा बिमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ बिमा मागदाबीको भुक्तानी दिन बाँकी रहेको देखिएको समितिको भनाइ छ ।

यस्तै गत आर्थिक वर्षमा जीवन बिमातर्फ नौ अर्ब ८८ करोड १४ लाख ६३ हजार तीन सय ३१ वटा बिमालेखहरु व्यतित भएको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया