मंगलबार, वैशाख ११, २०८१

इराकमा बम विस्फोट, २८ जनाको मृत्यु

नेपालखोज २०७८ साउन ५ गते १५:३६

बग्दाद । इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँ गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएकोे छ ।

बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल-अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । इराकका प्रधानमन्त्री मुस्ताफा अल काद्हिमी सुरक्षा र गुप्तचर निकायका अधिकारीहरुसँग यस भीषण आक्रमणको विषयमा छलफल शुरु गर्नुभएको सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जारी विज्ञप्तिमा काद्हिमी आक्रमणका पीडित परिवारलाई सहयोग गर्ने र आतंककारीहरूको खोजी गर्ने वाचा गरेका छन् । इराकी राष्ट्रपति बारहम सलिहले एउटा ट्वीटमार्फत ईद अल-अधाको पूर्वसन्ध्या भएको यस घटनालाई एउटा जघन्य अपराध र क्रूरता गर्नु भएको छ । रासस

प्रतिक्रिया