प्रधानमन्त्री देउवाद्वारा प्रचण्ड पत्नीको स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् ।
आज साझँ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कासहित प्रचण्डनिवास खुमलटार पुगेका प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री देउवा बेलुकी सवा ५ बजे खुमलटार पुगेका प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिएका छन् ।
आजको भेटघाट पारिवारिक मात्रै भएको उनले बताए । प्रचण्ड पत्नी सिता दाहाल लामो समयदेखि पार्किन्सन् रोगका कारण अस्वस्थ छन् । आज बिहान प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । यसअघि आजै बिहान प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आज बिहान नेता नेपाललाई छुट्टै भटेका थिए । आजको राजनीतिक भेटघाटलाई हेर्दा धेरैले मन्त्रिपरिषद् विस्तारका विषयमा कुराकानी भएको हुन सक्ने अनुमान गरेका छन् ।
प्रतिक्रिया