शनिबार, वैशाख ८, २०८१

प्रियंकाकाे ‘टोटल वाटर बेबी’, सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया बढी (फोटो फिचर)

नेपालखोज २०७८ साउन ५ गते १८:५६

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा हट नायिकाको छवि बनाएकी नायिका प्रियंका कार्की आमा बन्दै छिन् ।आफू आमा बन्न लागेको कुरा निकै लामो समयसम्म सार्वजनिक नगरेकी तिनै प्रियंका कार्की आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र नेपाली मिडियाहरुमा निकै चर्चामा छिन् ।

प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका तस्वीरहरु सार्वजनिक गरेकी छिन् । जुन तस्बिरहरुबारे सकारात्मक भन्दा नकारात्मक प्रतिक्रियाहरु धेरै आइरहेका छन् । गर्भवती भएको तस्बिर बारम्बार देखाउने गरेको भन्दै उनि ट्रोल पनि बनिरहेकी छिन् । तर, त्यसले प्रियंकालाई भने कुनै फरक परेको देखिदैन् । उनि आफू बन्ने कुरामा एकदमै खुसी देखिन्छन् ।

उनले केही दिनअघि मात्रै वाटर बेबी भन्दै स्वीमिङ कस्ट्यूम लगाएर तस्बिरहरु सार्वजनिक गरिकी थिइन् । जसमा उनले लेखेकी थिइन् -टोटल वाटर बेबी’ अलवेज ह्याब बिन…..वुइल बी ।

प्रतिक्रिया