लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना
नेपालखोज
२०७८ साउन ६ गते ७:०७

काठमाडौं । आज देशका तीन प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ ।
अहिले देशभर मौसम बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण पहाडी भू–भागमा भू–क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
रातिसम्मै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया