‘अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन’

नेपालखोज २०७८ साउन ६ गते १५:४५

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्न नहुने बताएका छन्। बुधवार सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन्।

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले यसअघि ओली सरकारले गरेको निर्णयको समेत विरोध गरेका थिए। प्रधानमन्त्री देउवाले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने क्रममा खनाललाई फोनमार्फत उपचार खर्च सरकारले बेहोर्ने वचन दिएका थिए।

थापाले उक्त खबर गलत रहेको विश्वास आफूले गरेको जनाएका छन्। ‘व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानुनी हो र अघिल्लो सरकारले कानुन विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन् भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ,’ थापाले भनेका छन्। एमाले नेता झलनाथ खनाल मृगौलामा समस्या देखिएपछि भारतको एपोलो अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया