नेपाल समूहको स्थायी कमिटी बैठक जारी, थप रणनीति बनाउनबारे छलफल
नेपालखोज
२०७८ साउन ६ गते १५:५८

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बसिरहेकाे छ। नेपालका स्वकीय सचिव मोहन गौतमले नेताहरुको छलफल भइरहेको जानकारी दिए। उनले अहिले स्थायी कमिटीका नेताहरुबीच कुराकानी भइरहेको बताए।
एमालेभित्रको विवाद १० बुँदे सहमतिपछि पनि कम नभएपछि नेपाल पक्षले थप रणनीति बनाउन स्थायी कमिटीको बैठकमा छलफल गरिरहेको छ। मंगलवार नेता नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई साउन ३ गते विश्वासको मत दिने २२ जना सांसदहरुसँग छलफल गरेका थिए।
नेता नेपाललाई सांसदहरुले ओलीसँग मिल्न भन्दा अलग पार्टी बनाउन उचित हुने सुझाव दिएपछि नेपालले स्थायी कमिटीका नेतासँग छलफल थालेका हुन्। ओलीले अध्यक्ष पदबाट राजीनामा दिए मात्रै एकता सम्भव भएको नेपाल पक्षका सांसदहरुले अडान राखेका छन्। तर, ओली पक्ष भने यसका लागि तयार छैन।
सम्बन्धित
प्रतिक्रिया