प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । पछिल्लो समय विभिन्न दलका शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएका विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
गएको फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा आएको थियो । तर सहमतिअनुसार कार्यकर्ता रिहाइलगायतका माग पूरा नभएकाले नयाँ सरकार बनेलगत्तै विप्लवले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सम्झौता गरेर भूमिगत राजनीति परित्याग गरेका चन्दको ओली सत्ताबाट बाहिरिएसँगै भइरहेको राजनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्रीसँगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि उपस्थित थिए ।

प्रतिक्रिया