पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बुधबार बसेको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताए ।
“पार्र्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिइने अध्यक्ष ओलीले बताउनु भयो ।”
एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले जनताको पक्षमा काम गर्र्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पूरानै अवस्थामा पु¥याउने, प्रतिपक्ष दलको हैसियतमा जन सरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने गरी अघि बढने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बतए ।
प्रतिकूल परिस्थितिमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले ४१ महिनामा राम्रो काम गरेको समिक्षा गर्दैै धन्यवाद समेत दिएको छ । बैठकले बिहीबार नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसा १ बजे मनाउने निर्णय पनि गरेको एमालेले जनाएको छ । तीन दिनदेखि जारी एमाले केन्द्रीय समिति बैठक भोली पनि बस्नेछ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बुधबार बसेको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताए ।
“पार्र्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिइने अध्यक्ष ओलीले बताउनु भयो ।”
एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले जनताको पक्षमा काम गर्र्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पूरानै अवस्थामा पु¥याउने, प्रतिपक्ष दलको हैसियतमा जन सरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने गरी अघि बढने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बतए ।
प्रतिकूल परिस्थितिमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले ४१ महिनामा राम्रो काम गरेको समिक्षा गर्दैै धन्यवाद समेत दिएको छ । बैठकले बिहीबार नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसा १ बजे मनाउने निर्णय पनि गरेको एमालेले जनाएको छ । तीन दिनदेखि जारी एमाले केन्द्रीय समिति बैठक भोलि पनि बस्नेछ ।

प्रतिक्रिया