जसपाको विवाद आज टुंग्याउदै निर्वाचन आयोग
नेपालखोज
२०७८ साउन ७ गते ९:१३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ ।
यसअघि दुवै पक्षको बहसपछि सक्कली प्रमाण झिकाएर मात्रै अन्य कुरा अघि बढ्ने सहमति भएको थियो । जसअनुसार उपेन्द्र र महन्थ दुवै पक्षले निर्णयका सक्कल कागजातहरू मंगलबार बुझाइसकेका छन् । सक्कली प्रमाण बुझाएपछि आज पुनः बहस सुरु हुने र निष्कर्षमा पुग्ने बताइएको छ ।
गत आइतबार आधिकारिकता विवादमा निर्वाचन आयोगमा सुनुवाइ भएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पाँचजनाको इजलासमा सुनुवाइ भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया