बिहीबार, चैत १५, २०८०

बग्दादमा भएको हमलाप्रति राष्ट्रसंघको निन्दा

नेपालखोज २०७८ साउन ७ गते ११:४३

इराक । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सोमबार इराकको राजधानी बग्दादमा भएको हमलाको निन्दा गरेको छ । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषद्ले सो हमलाको निन्दा गरेको बताइएको छ । इराकको राजधानी बग्दादमा भएको हमलामा परि कैयौँ नागरिकको ज्यान गएको थियो ।

राजधानी बग्दादमा सोमबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको थियो । हमलामा परेर अरु करिब ५० जनाजति घाइते भएका थिए ।

राष्ट्रसंघीय सुरक्षा परिषद्‌का सदस्यहरुले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो हिंसात्मक घटनाको निन्दा गरेका बताइएको छ । ती सदस्यहरुले उक्त हिंसात्मक हमलामा परेर ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

त्यसैगरी उक्त हलमामा जिम्मेवार व्यक्तिहरुलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् । सोमबारको सो हिंसात्मक हमलाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया