काेराेना भाइरसविरुद्धको थप १० लाख डोज खोप आइपुग्याे
नेपालखोज
२०७८ साउन ७ गते १५:२२

काठमाडौं । काेराेना भाइरस (कोभिड-१९) विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज काठमाडौं आइपुगेको छ । बेइजिङबाट नेपाल वायुसेवा निगमको वाइडबडीले खाेप ल्याएकाे हाे ।
त्यस्तै थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज पनि चीन जाँदैछ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार आज राति ११ बजे निगमको जहाज बेइजिङ उड्नेछ ।
सम्बन्धित

प्रतिक्रिया