चीनबाट आठ लाख मात्रा खोप ल्याएर निगमको जहाज फर्कियो
नेपालखोज
२०७८ साउन ७ गते २१:०३

काठमाडौं । छिमेकी देश चीनबाट बिहीवार बेलुकी कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ को आठ लाख मात्रा (डोज) खोप ल्याएर वायुसेवा निगमको वाइडबडी जहाज फर्किएको छ ।
चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। आज आएको खोप टेकुमा रहेको स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखी देशभरि पठाइने उनले बताए ।
सहप्रवक्ता अधिकारीले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार आठ सय ५० मात्रा खोप आइसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया