चितवन निकुञ्जमा भाले गैँडा मृत फेला
नेपालखोज
२०७८ साउन ८ गते ७:११

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ ।
निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ ।
मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८-७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ ।
सम्बन्धित

प्रतिक्रिया