देशभर हल्कादेखि मध्यम, चार प्रदेशमा भीषण वर्षाको सम्भावना

नेपालखोज २०७८ साउन ८ गते ७:३८

काठमाडौं । मौसम बदली रही देशभर वर्षा भइरहेको छ । दिउँसो पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, बाग्मती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षा हुने क्षेत्रको पहाडी भू–भागमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रदेश १, लुम्बिनि र बाग्मती प्रदेशका एक–दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया