भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए
नेपालखोज
२०७८ साउन ८ गते १३:२१

काठमाडौं । एमाले नेता तथा सांसद भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले सभामुख अग्निप्रसाद सापकाेटालाई भेटेर आफूले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका हुन् ।
रावलले सांसद पदबाट राजीनामा फिर्ता लिएको सभामुखका स्वकीय सचिवले जनाएका छन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया