‘प्रधानमन्त्री देउवालाई गिरिजाप्रसाद कोईरालको जस्तै छवि बनाउने अवसर आएको छ’

नेपालखोज २०७८ साउन ८ गते १६:१८
फाइल तस्बिर

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालको जस्तै छवि बनाउने अवसर आएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गजुरेलले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले नेपाली राजनीतिमा राम्रो छवि बनाएर गएको उल्लेख गर्दै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि त्यो अवसर आएको बताएका हुन् ।

उनले देउवा पटक पटक प्रधानमन्त्री भएकाले विगतका अनुभवहरुको समिक्षा गर्दै राष्ट्रलाई नयाँ दिशामा लानका लागि पनि अनुरोध गरे । संविधानको रक्षा र संविधानको संशोधन गर्नका लागि वर्तमान सरकारले अग्रणी भुमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे ।

सांसद गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघियताको अभ्यास हुनुपर्नेमा जोड दिए । उनले जनताले सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरेको उल्लेख गर्दै सरकारले भ्रष्टाचार र कुशासनको अन्त्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया