बुधबार, जेठ १, २०८२

टोकियो ओलम्पिक आजबाट सुरु, २ सय ७ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

नेपालखोज २०७८ साउन ८ गते १८:२२

काठमाडौं । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता आजबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । टोकियो ओलम्पिक स्टेडियममा अहिले उद्घाटन समारोह चलिरहेको छ ।

उद्घाटन समारोहमा ओलम्पिकमा भाग लिएका विभिन्न २ सय ७ वटा देशको मार्चपास चलिरहेको छ । केहि खेलको प्रतिस्पर्धा भने बुधबारबाटै सुरु भईसकेको छ । उद्घाटन समारोहमा खेलाडीको मार्च पासपछि विभिन्न कार्यक्रमहरु हुनेछ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । उद्घाटन समारोहमा नेपालका तर्फबाट पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले झण्डा बोक्ने अवसर पाएका छन् ।

टोकियो ओलम्पिकमा २ सय ७ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालबाट ५ खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेका छन् ।

प्रतिक्रिया