बिहीबार, वैशाख १३, २०८१

बीपीको सम्झना

कवि एवं गीतकार दिनेश अधिकारीकाे एल्बमबाट

दिनेश अधिकारी २०७८ साउन ९ गते ११:०८

यो तस्बिर २०३६ साल कात्तिक ३ गते जननायक एवं विशिष्ट साहित्यकार श्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाबाट मैले सुवर्ण पदक प्राप्त गर्दाको हो। ७१औं देवकोटा जन्म-जयन्तिका अवसरमा रत्न पुस्तकालय, बानेश्वरले आयोजना गरेको काठमाडौं उपत्यकाव्यापी अन्तर क्याम्पस कविता प्रतियोगितामा प्रथम भएको कारण मैले उक्त पदक प्राप्त गरेको थिएँ ।

हाल ह्‌वाइट हाउस कलेज रहेको बानेश्वर, काठमाडौंको एरिया त्यस बखत एउटा ठूलो चउरका रुपमा थियो । त्यही चउरमा आयोजना गरिएको कार्यक्रममा त्यस दिन बीपी कोइरालाले उपस्थित विशाल जनसभालाई सम्बोधन त गर्नु भयो नै । मेरा आदरणीय अग्रज साहित्यकारहरु भवानी भिक्षु, मोहन कोइराला र ईश्वरवल्लभका साथ मसमेत चार जनाले कविता वाचन पनि गरेका थियौं ।

साउन ६ गते बीपी स्मृति दिवस मनाइने सन्दर्भमा त्यो सुखद क्षणको सम्झना गर्दै समादरणीय बीपी कोइरालाप्रति आफ्नो श्रद्धाभाव पनि प्रकट गर्दछु।

प्रतिक्रिया