राप्रपा अध्यक्ष थापाले भने- अबको विकल्प राप्रपा

नेपालखोज २०७८ साउन ९ गते १६:३२

चौध वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको बताउँदै अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृति, विसंगति र बेथितिको अन्त्य चाहने हो भने जनताले राप्रपालाई रोज्नुपर्ने टिप्पणी गरे।

अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा सनातन धर्ममाथि आक्रमण भइरहेको जिकिर गर्दै प्रमुख नेताहरूको अकर्मण्यताले विदेशी चलखेलसमेत बढेको बताएका छन् । नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार सञ्चालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको पनि उनको आरोप छ ।

पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्न कार्यकर्तालाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण, सक्रिय सदस्यता वितरण अभियान र जनताको सुखदुःखमा उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरे ।

प्रतिक्रिया