अठार पुराणका रचयिता महर्षि वेदव्यास र इतिहास (फोटो फिचर)

काठमाडौं । चार वेद, महाभारत र अठार पुराणका रचयिता महर्षि वेदव्यासको अवतरण दिवस शनिबार मनाइँएको छ । यसै दिनलाई गुरुपूर्णिमाका रुपमा समेत मनाउने गरिन्छ । हिन्दू धर्मका प्रमुख ग्रन्थकार श्रीकृष्णद्वैपायन व्यासको अवतरण दमौलीमा भएको ठानिन्छ ।
व्यास अवतरण दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले शनिबार आयोजना गरेको कार्यक्रममा नगरपालिकाको हाताभित्र रहेको व्यास मूर्तिमा माल्यार्पण गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, नगरप्रमुख वैकुण्ठ न्यौपानेलगायतको सहभागितामा मूर्तिमा माल्यार्पण गरिएको छ ।

व्यास ऋषिको इतिहास
व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ कि.मि. पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो । माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो।
सत्यवती ६/७ वर्षकी सानी बालिका छदा घुम्दै, फिर्दै दमौलीमा माझीहरूको डुंगा चलेको ठाउँमा पुगीछिन् र ती माझीहरूले यति सानी माया लाग्दी बालिकालाई देखेर घरमा लगी केही दिन पालेछन् । त्यतिबेला पराशर ऋषिको आश्रम पनि दमौली नजीकै रहेछ । घुम्दै फिर्दै एकदिन पराशर ऋषि र सत्यवातीको भेट भएछ ।
भेटमा परासर ऋषिले उनी अत्यान्तै अद्भुत रहेको थाहा पाएपछि भेटको सिलसिलामा तत्काल पराशर ऋषिले ऋतुदान (बिर्यदान) लेउ भनी सत्यवतीसँग अनुरोध गरे । सत्यवतीले म सानी बालिका भएकोले तपाई जवान भैसकेको मानिससंग ऋतुदान (बिर्यदान) लिन नसक्ने बताए । सबै अद्भुत इश्वरिय शक्ति थाहा पाईसकेका पराशर ऋषिले तिमीलाई म जस्तै जवान बनाइदिने र तिमिसंग रहेको मत्स्यगन्ध हटाई सुगन्धित हुने बरदान दिन्छु भनेर र सत्यावतिसंग अनुरोध गरे ।

यो अनुरोध मानेपछि प्रतिज्ञा गरी सत्यवातीलाई आफू समान बनाए। यसपश्चात समागम गरी ऋतुदान (बिर्यदान)का लागि पराशरले अनुरोध गरे तर सत्यवतिले यस्तो खुला आकाशमुनि सुर्य र बायुको अघाडि यो सम्भव नहुने बताएपछी ऋषि पराशरले हामिलाई छोप्नको लागि कुहिरो उत्पन्न गरिदिन्छु भने र तत्कालै कुहिरो उत्पति गराई ऋषि पराशर र सत्यवतीको समागम भई उनै सत्यवतीको कोखबाट व्यासलाई जन्म दिएकी हुन् ।

पछि आमाको पूजाको लागि व्यास ऋषिले दमौलीबाट पूर्व दिशामा छाब्दी बराहमा माछाको पूजाआजा चलाएको मानिन्छ । जुन आजसम्म पनि निरन्तर पुजाआजा गरिरहेका छन र व्यासको जन्म तनहुँको डेम्बुले (दमौली) मा नै भएको भन्ने बलियो प्रमाणको रूपमा रहेको छ । र व्यासको साधना तथा तपस्या स्थल व्यास गुफा यहि सेदि र मादी नदीको दोभानमा रहेको छ जहाँ बसेर व्यासले बेदलगायत महाभारतको रचना गरेको किम्बदन्ती छ ।
तस्बिर : रासस

प्रतिक्रिया