जसपाको यादव पक्ष बहुमत सदस्यसहित सोमबार निर्वाचन आयोगमा उपस्थित हुने
नेपालखोज
२०७८ साउन ९ गते १९:३२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष बहुमत सदस्यसहित सोमबार निर्वाचन आयोगमा उपस्थित हुने भएको छ । पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको यादव पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरूलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।
शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफूहरुसँग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिए । आज बसेको बैठकमा संसदीय दलबाट पारित संसदीय दलको विधान प्रस्तुत भएको उनले बताए ।
विधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलव्ध गराइएको यादवले जानकारी दिए । कार्यकारिणी बैठकबाट विधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने यादवले बताए ।
सम्बन्धित

प्रतिक्रिया