शनिबार, जेठ ४, २०८२

जसपाको ‘हेड काउन्ट’सम्बन्धी मुद्दामा आज फैसला

नेपालखोज २०७८ साउन १० गते ९:४९

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दर्ता गराएको ‘हेड काउन्ट’सम्बन्धी मुद्दामा आज फैसला हुने भएको छ ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंग्याउन हेड काउन्ट गर्ने तयारी गरेपछि ठाकुर सर्वोच्च पुगेका थिए । सो मुद्दाको पेसी सर्वोच्चले आजका लागि तोकेको छ ।

सर्वोच्च आदेश आएपछि कार्यकारिणी समितिको बैठक बस्ने र आदेशअनुसार निर्णय गर्ने बताइएको छ । त्यसका लागि ठाकुुर पक्षले आज अपराह्‍न ४ बजेका कार्यकारिणी समितिको बैठक बोलाएको छ । हिजो पनि ठाकुर पक्षले छलफल गरेको थियो ।

अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताउँदै आएका छन् ।

प्रतिक्रिया