बिहीबार, वैशाख १३, २०८१

झन्डै ५५ अंकले नेप्से बढ्दा १४ अर्ब ३० करोडको सेयर किनबेच

नेपालखोज २०७८ साउन १० गते १५:४२

काठमाडौं । साताको सुरुवाती कारोबार दिन आज आइतबार नेप्से सूचक तथा कारोबार रकम दुवै नै उच्च अंकले बढेका छन् । नेप्से आज ५४ दशमलव ३१ अंकले बढेर तीन हजार ५८ दशमलव ६३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ७४ अंकले बढेर पाँच सय ७४ दशमलव दुई अंकमा पुगेको छ ।

दुई सय २३ वटा कम्पनीहरुका एक लाख ४० हजार ४७ पटकको कारोबारमा आज चार करोड ४१ लाख १४ हजार सात सय ६० कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १४ अर्ब ३० करोड २३ लाख ६५ हजार एक सय ४८ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा आज होटेल तथा पर्यटन र सामुहिक लगानी कोष समूहरुको सूचक घटेका छन् भने बाँकी समूहको सूचक उच्च अंकले बढेका छन् ।

तीमध्ये वाणिज्य बैंक समूहको सूचक ७२ दशमलव १४ अंकले बढेर २१ सय ७५ दशमलव १४ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक ४८ दशमलव ४२ अंकले बढेर १४ हजार चार सय ६९ दशमलव ४० अंकमा पुगेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि ३० दशमलव ८६ अंकले बढेर १७ हजार पाँच सय ८९ दशमलव २५ अंकमा पुग्दा विकास बैंक, जलविद्युत, फाइनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् ।

आज हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ३२ रुपैयाँमा कारोबार हुँदा कुमारी इक्विटी फन्डको प्रतियुनिट सेयर मुल्य तीन दशमलव ७९ प्रतिशतले घटेर १० रुपैयाँ ९१ पैसामा कारोबार भएको छ ।

यसैगरी आज नेपाल बैंकको प्रतिकित्ता पाँच सय नौ रुपैयाँ अन्तिम मूल्यमा ४९ करोड ५० लाख ४९ हजार चार सय ८८ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया