शुक्रबार, वैशाख १४, २०८१

तेस्रो घण्टामा ५७ करोडभन्दा बढीको शेयर कारोबार, १२ वटै समुहको परिसूचक हरियो

नेपालखोज २०७७ कार्तिक ३ गते १४:२५

काठमाडौं । सोमबार तेस्रो घण्टाको कारोबार अवधिमा ५७ करोड ६८ लाख ८० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म १८५ कम्पनीको २० लाख ३ हजार २२६ कित्ता शेयर कारोबार भएको हो । तेस्रो घण्टासम्ममा कारोबारमा आएका सबै समूहगत परिसूचक बढेको छ भने नेप्से परिसूचक १ हजार ५६५ दशमलव ८२ विन्दुमा पुगेको छ । नेप्से परिसूचक यो अवधिमा ९ दशमलव शून्य २ अंक बढेको हो ।

तेस्रो घण्टामा ११ समूहका कम्पनीहरुको शेयर कारोबार भएको छ । सबै समूहको परिसूचक हरियो हुदाँ सर्वाधिक जलविद्युत समूहको १ दशमलव ५३ प्रतिशत बढेको छ । यस अवधिसम्म गणपति माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा बढी १ दशमलव ९१ प्रतिशतले घटेको छ । सर्वाधिक रकमको कारोबार गरिरहेको अपि पावरको तेस्रो घण्टामा ३ करोड ७० लाख ७८ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।

प्रतिक्रिया