यातायात व्यावसायीले बुझाए सरकारलाई गाडीको साँचो

काठमाडौं । भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन माग गर्दै आन्दोलनरत यातायात व्यवसायीले सरकालाई गाडीको साँचो बुझाएका छन् ।
विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई साँचो बुझाएका हुन् ।
कोराना महामारीबाट यातायात क्षेत्रमा पर्न गएको प्रभावबारे महासंघले विभिन्न निकायमा मागपत्र बुझाए पनि कहींबाट पनि सम्बोधन नभएकाले साँचो बुझाउनु परेको महासंघले जनाएको छ ।
महामारीबाट प्रभावित यातायात व्यवसायीले कुनै राहत सुविधा नपाएको गुनासो गरेका छन् । उनिहरुले यातायात व्यवसायीलाई कारोनाविरुद्धको खोप, भाडादर समायोजन, कर्जाको व्याज पुँजीकरण गरी ६ महिना व्याज मात्रै तिर्न पाउनुपर्ने, आधार व्याजदरमै कर्जा पाउनुपर्ने, गाडीको अवधि १० वर्ष थप गर्नु पर्नेलगायत माग राखेका छन् ।
प्रतिक्रिया