महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
नेपालखोज
२०७८ साउन १० गते १७:४२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
ठाकुर पक्षले समितिका सदस्यको सनाखत गर्ने निर्वाचन आयोगको कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । तर आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने ठहर गर्दै दुवै पक्षलाई १५ दिनभित्र छलफलका लागि बोलाएको छ ।
निर्वाचन आयोग जस्तो संवैधानिक निकायको इजलासले दुवै पक्षलाई बोलाएर गर्ने निर्णयमा अन्तरिम आदेश दिनु नपर्ने इजलासले ठहर गरेको छ । जसपामा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिने भएको छ ।


सम्बन्धित

प्रतिक्रिया