नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठद्वारा शपथ ग्रहण
नेपालखोज
२०७८ साउन १० गते १९:४८

काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजिक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष शपथ लिएका हुन् । शपथ पछि सञ्चारकर्मीसँग कुरा दिँदै राज्यमन्त्री श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप नै पहिलो प्राथमिकता रहेको बताए ।
प्रधानमन्त्रीको सिफारिशमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया