शुक्रबार, असार १३, २०८२

अफगानिस्तानमा कर्फ्यु, ३१ प्रान्तमा राति मात्रै

नेपालखोज २०७८ साउन ११ गते ८:३३

काठमाडौं । अफगानिस्तानले तालिवान आक्रमण नियन्त्रणका लागि देशभरि कर्फ्यू लगाएकोे छ । तालिबानी आक्रमण दिनदिनै बढेको भन्दै नियन्त्रणका लागि देशका अधिकांश प्रान्तमा रातमा कर्फ्यू जारी गरेकोे अफगानी अधिकारीहरुले जनाएको छ

त्यहाँका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातको समयमा कर्फ्यू जारी गरेकोे आन्तरिक मन्त्रालयले जानकारी दिएको छ । मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको बिबिसीको समाचारमा जनाइएको छ ।

कर्फ्यू आदेश स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका लागि तोकिएको आन्तरिक मन्त्रालयका नायब प्रवक्ता अहमद जियाले जानकारी दिएका छन्। अमेरिकी नेतृत्वको सेनाहरू फर्किए लगत्तै तालिबानले अफगानिस्तानका करिब ४ सय जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको तालिबानकोे दाबी छ ।

तालिवानले देशभर आफ्ना हिंसात्मक गतिविधिलाई बढाएको छ ।

प्रतिक्रिया