शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारेबार ?

नेपालखोज २०७९ असार २९ गते १०:४९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सयले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ६ सयले घटेकाे छ । आज प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९४ हजाज ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार पनि चाँदी पनि प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया