राजकिशोर र सुमनले अन्तिममा छोडे महन्थको साथ
नेपालखोज
२०७८ साउन ११ गते १२:३५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वय राजकिशोर यादव र मनिष सुमन अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा उभिएका छन् ।
जसपाको एक पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष ठाकुर पक्षका दुुई नेताहरू यादव पक्षमा पुगेका हुन् ।
यादवको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता सुमनले पार्टी एकताको लागि धेरै पहल गर्दासमेत सफल नभएको पत्रकारलाई बताएका छन् ।
ठाकुर पक्षको लिष्टमा नअटाएका यादवलाई निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जादा राजकिशोर यादव मन्त्री बनेका थिए ।
सम्बन्धित

प्रतिक्रिया