इजरायलद्वारा यूएईका लागि पहिलो राजदूत नियुक्त
तेल अभिभ । इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् ।
इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए ।
राजदूतमा नियुक्त हुनुभएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिए । उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन् ।
‘हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उनले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं, विदेश मन्त्री लापिडले भने ।
उनको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्बन्धलाई राम्रो बनाउदै दुवै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताए ।
प्रतिक्रिया