आइतबार, जेठ ५, २०८२

प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दु:ख व्यक्त

नेपालखोज २०७८ साउन ११ गते १४:४०
फाइल तस्बिर

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुुःख व्यक्त गरेका छन् ।

सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उनले स्व घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएकाे सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गरेका छन् । सचिव घिमिरे २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाङ्काल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत थिए । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गर्नुभएका स्व घिमिरेले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया