चौबीस घण्टामा ३ हजार ४२१ संक्रमित थपिए, २५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ६८६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २४० जनाको पीसीआर परीक्षणबाट २ हजार ३९१ र ५ हजार ३२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी जम्मा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ४५ हजार ३०१ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३५८ र आइसोलेसनमा २७ हजार ९०८ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ८२ हजार ९४७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया