मंगलबार, वैशाख १८, २०८१

एनएमबिकाे बैंकिङ जगतमै सर्वाधिक सस्तो र फिक्स्ड ब्याजदर भएको अटो लोन

नेपालखोज २०७८ साउन ११ गते १६:४४

काठमाडौं । एनएमबि बैंक लिमिटेडले अटो लोन आठ दशमलव ४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ ।

निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी पाँच वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको हो । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ ।

यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु¥याउने विश्वास लिइएको छ । बैंकले आफ्नो सेवाअभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

थप जानकारीको लागि [email protected] मा ईमेल वा ०१-५९७१५० मा फोन गर्न सकिने बैंकले जनाएको छ । बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया